No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल बैंक लिमिटेडको गोकुलेश्वर शाखा शुभारम्भ

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगपालिका -९ गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडले आफ्नो शाखा पुन:स्थापित गरेको छ । बुधबार (आज) पुन:स्थापित गोकुलेश्वर शाखाको शुभारम्भ गरिएको शाखा प्रमुख रामचन्द्र जोशीले बताए ।

उनले सुदुरपश्चिमका विभिन्न पहाडी क्षेत्रहरुमा शाखा विस्तार गर्ने क्रममा दार्चुलाको गोकुलेश्वरमा द्धन्द्धकाल पछि पुन:   शाखा स्थापना गरिएको जानकारी दिए।

pm office

नागरीकहरुको सहज आर्थिक कारोबारका लागि शाखा विस्तारको कामलाई तिव्रताका साथ अगाडी बढाइएको पनि उनले बताए । शैल्यशिखर नगरपालिकाकी उप–प्रमुख राजमती बम पालको प्रमुख आतिथ्यतामा शुभारम्भ समारोह सम्पन्न भएको हो ।

शुभारम्भ समारोहमा प्रहरी, स्थानिय तहका जनप्रतिनीधी, स्थानिय व्यपारी तथा कुमारी बैंक डिलाशैनी शाखाका प्रमुख निरज खरेल लगायतका अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

समारोहमा बोल्दै शाखा प्रमुख जोशीले केही दिन भित्रै एटीएम सेवा पनि सुचारु गर्ने जानकारी गराए। आकर्षक प्याकेजका साथ सञ्चालित यस शाखामा आवद्ध हुन उनले सबैलाई आग्रह समेत गरेका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.