गोकुलेश्वर। एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको न्यायका लागि गोकुलेश्वरमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।

मौलिक जरोकिलो पार्टीको अखिल नेपाली युवा संघले सोमबार देखी मंगलबार (आज) दार्चुलाको गोकुलेश्वरमा धामीको न्यायका लागि हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ।
मौलिक जरोकिलो पार्टीको अखिल नेपाली युवा संघ दार्चुलाका जिल्ला संयोजक चन्द्रदेव बिष्टले भारतीय एसएसबीले संकटमा परेका सीमावर्ती नागरिकको उद्धारको साटो दुश्मनको जस्तो व्यवहार गरेर तुइन काटेर गरेको अमानवीय कार्यको भत्र्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर अभियान संलकन गरिएको बताए । उनका अनुसार केहीदिन हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाइने छ।
घटनापछि बेपत्ता धामीको खोजी गरिनुपर्ने, सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिले सत्यतथ्य छानबिन गर्नुपर्ने, दोषी एसएसबीमाथि कारबाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति, धामीको सन्तानको शिक्षादीक्षा सरकारले जिम्मा लिनुपर्ने र उक्त समस्या सदाका लागि हटाउन नेपाली भूमि भएरै सडक विस्तार गर्नुपर्ने जस्ता माग अघि सारिएका संयोजक बिष्टले बताए ।



