No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला घटनाबारे भारतसँग औपचारिक विरोध जनाउन सांसद ठगुन्नाको माग

छानबिनका लागि संसदीय समिति गठन गरियोस्

गोकुलेश्वर। प्रमुख प्रतिपक्ष एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेका छन् ।

भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन काटिदिँदा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन सांसद गणेशसिंह ठगुन्नाले मंगलबार संसद्‍मा माग गरेका छन् ।

दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले एमालेको तर्फबाट उक्त माग प्रतिनिधिसभाको बैठकमा भने, यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस् ‘ उनले भने, ‘यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस् । धामीका परिवारलाई सरकारले क्षतिपूर्ति गर्नुपर्ने पनि सांसद ठगुन्नाको माग छ ।

pm office

सांसद ठगुन्नाले दार्चुला खलङ्गा-तिंकर र कालापानी सडकलाई राष्ट्रिय गौरव आयोजनामा राख्न माग गरेका छन् । उनले त्यो सडक खन्ने जिम्मेवारी नेपाली सेना र स्थानीय युवाहरूलाई दिन पनि माग गरेका छन् । सडक निर्माण भएमा आफ्नै जिल्लाको सदरमुकाम आउनका लागि भारतको बाटो प्रयोग गर्न र तुइन तर्न नपर्ने उनको भनाइ थियो ।

सांसद ठगुन्नाले दार्चुला घटनालाई स्थानीय प्रशासनले साम्य पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले स्थानीय प्रशासन र गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा नलिएको पनि आरोप लगाए ।

प्रत्यक्षदर्शीले एसएसबीविरुद्ध भारतीय थानामा गएर किटानी जाहेरी दिइसकेको जानकारी दिँदै सांसद ठगुन्नाले भने, नेपालको प्रशासन भ्रम नफैलाउन भनेर विज्ञप्ति निकालिरहेको छ । सरकारले अविलम्ब भारत सरकारसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस् र मृतकका परिवारलाई क्षतिपूर्तिको घोषणा गर्न समेत माग गर्दछु ।

यस्ता घटना निरन्तर भइरहेको सांसद ठगुन्नाको भनाइ थियो । सडकलगायत पूर्वाधार निर्माण गर्नुपर्ने उनको माग थियो । ‘यो घटना एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । यस्ता थुप्रै घटना त्यस क्षेत्रमा घटित भइरहन्छन् । यसको दोष भारतलाई मात्रै दिएर हामी उम्कन सक्दैनौं । यसको नैतिक दायित्व हामीले पनि लिनुपर्छ ।’

डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको पीडा बुझ्ने आफूले अपेक्षा राखेको सांसद ठगुन्नाको भनाइ थियो । कालापानीबाट काठमाडौं निक्कै टाढा छ, त्यसैले नदुखेको हुनसक्छ । अहिलेको सरकारको नेतृत्व शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधित्व गर्नुहुन्छ । मलाई विश्वास छ दार्चुला घटनाको पीडा डडेल्धुरालाई अवश्य दुख्नेछ ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.