
गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीले फलफुल वितरण गरेका छन । उनले आज मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा सहभागी सबै भक्तजनहरुलाई फलफुल वितरण गरेका हुन ।
राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सोही अवसरमा नगर प्रमुख धामीले फलफुल वितरण गरेका हुन ।



