No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका ४० प्रतिशत बालबालिकाहरुमा कुपोेषण

गोकुलेश्वर।दार्चुलाका ४० प्रतिशत बालबालिका कुपोेषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार जिल्लाका १३ हजार ४८ बालबालिकामध्ये ५ हजार २ सय ५ बालबालिकामा  कुपोेषण देखिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिकाको नाप तौल गर्दा कुपोषण देखिएको हो ।

दार्चुलामा १ हजार ३ सय २९ बालबालिकामा कडा सीघ्र कुपोषण तथा ३ हजार ८ सय ७६ बालबालिकाहरुमा मध्यम खालको कुपोषण देखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।

pm office

उनका अनुसार महाकाली नगरपालिकामा रहेका १ हजार ७ सय १४ बालबालिकामध्ये ६ सय ८४ जनामा कुपोषण देखिएको छ । यस्तै शैल्यशिखर नगरपालिकामा २ हजार १ सय २० बालबालिकामध्ये ८ सय ४६ जना, अपि हिमाल गाउँपालिकाका ६ सय ८० बालबालिकामध्ये २ सय ७१ जना, मार्मा गाउँपालिकाका १ हजार ७ सय २९ बालबालिकामध्ये ६ सय ९० जना, नौगाड गाउँपालिकाका २ हजार ५२ बालबालिकामध्ये ८ सय १८ मा कुपोषण देखिएको छ ।

यस्तै मालिकार्जुन गाउँपालिकाका १ हजार ४ सय ४१ बालबालिकामध्ये ५ सय ७१, लेकम गाउँपालिकाका १ हजार ४ सय ९ बालबालिकामध्ये ५ सय ६२, दुहुँ गाउँपालिकाका १ हजार बालबालिकामध्ये ३ सय ९९ र ब्याँस गाउँपालिकाका ९ सय ३ बालबालिकामध्ये ३ सय ६० जनामा कुपोषण देखिएको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरुले बालबालिकाको जेड स्कोर लिन थालेका छन् । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले घरघरमैै गएर बालबालिकाहरुको पोषणको अवस्था मापन गर्न थालेका  हुन् । जस अनुसार दिनहुँ १०/१५ जना कुपोषित देखिदैछन् । नाप, तौल लिन थालेपछि कुपोषणको डर लाग्दो अवस्था बाहिर आएको हो ।

हाल जिल्लामा ४८ जना नयाँ कुपोषित बालबालिका भेटिएका छन् । जसमा कडा कुपोेषित २९ जना र मध्यम कुपोषण भएका १९ बालबालिका भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कुपोषित देखिएका ४८ बालबालिकाको उपचार भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.