No.1 News Portal from Sudurpashchim Province
bajaj

देशभर मतदान शुरू

प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू भएको छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो ।

 

अहिले बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् ।

pm office

मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए गाडी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभए राहदानी, राहदानी नभए राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन् । तर मतदाता नामावलीमा नाम भने समावेश हुनुपर्नेछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई चुनावमा सहभागी हुन आह्वान गर्नुभएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग क्रियाशील रहेको उहाँले बताउनुभएको छ ।

सरकारले चुनावको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले ढुक्कसँग मतदानमा सहभागी हुन आग्रह गरेको छ । चुनावको सुरक्षाका लागि मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेना खटाइएको छ ।

विगतका चुनावको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा ३ हजार ६ सय ८० मतदानस्थललाई ‘अति संवेदनशील’को सूचीमा राखिएको छ । ४ हजार ४ सय ४२ मतदानस्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदानस्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.