No.1 News Portal from Sudurpashchim Province
bajaj

१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सामाग्री ढुवानी

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ। १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने काम भएको छ।

pm office

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले यहाँका सबै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र नेपाली सेनाको सुरक्षा पहरामा पुर्‍याइसकेको जानकारी दिए। ‘५१ प्रकारका निर्वाचन सामग्रीहरू निर्वाचन कार्यालयमा ढुवानी गर्ने काम भइरहेको छ,’ निर्वाचन कार्यालय प्रमुख भट्टले भने, ‘कर्मचारी खटनपटनदेखि तालिम सञ्चालन भइरहेका छन्।’ उनले कैलालीमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जानकारी दिए।

त्यसैगरी, निर्वाचन सुरक्षा केन्द्रित फौज परिचालनको काम पनि यहाँ भइरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले पहाडी जिल्लाहरूमा पनि थप प्रहरी परिचालन भइसकेको जानकारी दिए। ‘प्रहरीदेखि निर्वाचन प्रहरी खटनपटन भइसकेको छ, ‘उनले भने, ‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने कार्यमा प्रहरी सक्रिय छ।’

सुदूरपश्चिम प्रदेशभरि नेपाल प्रहरीतर्फ साढे सात हजार र सशस्त्र प्रहरी बल नेपालतर्फ पाँच हजारभन्दा बढी प्रहरी परिचालन भएको छ भने यहाँ नेपाली सेनाले पनि आफ्नो सक्रियता बढाउँदै विमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनाले लिइसकेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.