No.1 News Portal from Sudurpashchim Province
bajaj

स्थानीय बादी समूदायद्धारा गोकुलेश्वर अस्पताल जाने बाटो अवरुद्ध (फोटो फिचर)

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरका वादी समुदायले गोकुलेश्वर क्याम्पस र अस्पताल जाने बाटो अवरुद्ध गरेका छन् । उनीहरुले आफ्नो वस्ती नजिकै फोहोर फालेको भन्दै विरोध स्वरुप बाटो अवरुद्ध गरेका हुन ।

pm office

दैनिक रुपमा फोहोर फाल्ने गरेको भएपनि नगरपालिकाले उक्त फोहोर व्यवस्थापनका लागि कुनै चासो नदेखाएको उनीहरुको आरोप छ । अहिले उनीहरुले वस्ती नजिकको फोहोरलाई बाटोमा फालेर बाटो अवरुद्ध गर्नुका साथै नगरपालिकासंग फोहोर व्यवस्थापनकाको माग गरीरहेका छन ।

उक्त बाटो भएर आवत जावत गर्ने पैदलयात्रीहरुलाई अहिले निकै सकस भईरहेको छ । पछिल्लो समय गोकुलेश्वर बजार क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौतीका रुपमा समेत स्थापित हुँदै आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.