No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा जिप दुर्घटना , ३ जनाको घटनास्थलमै मृत्यु

गोकुलेश्वर । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब १० बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ मा म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको हो।

 

pm office

सुर्नयाबाट डडेल्धुरातर्फ जाँदै गरेको उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.