No.1 News Portal from Sudurpashchim Province
bajaj

आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

गोकुलेश्वर । भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।

pm office

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।

नेपालमा यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन गरिन्छ । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते सञ्चालन गरिने कार्यक्रम यस वर्ष भने तिहार परेकाले आज र भोलिका लागि तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.