No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय धाम मालिकार्जुनमा आज रात्री जात्रा लाग्दै

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन–३ मड स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज रात्री जात्रा लाग्ने भएको छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ । जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जात्रालाई मध्यनजर गर्दै यहीँ कार्तिक १२ गते देखि शैल्यशिखर नगरपालिकाको वडा ५, ६ र ७ भित्र मदिरा ओसारपसारमा प्रतिबन्ध लगाएको थियो । जात्रा हुने भूगोललाई मध्यनजर गर्दै त्यस क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी गौरब महतले बताए ।

pm office

उहाँका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कारबाही गरिनेछ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास/निगरानी गर्नुका साथै नागरिकका झोला र खल्तीसमेत चेकजाँच गर्ने जनाएको छ । शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरिने बताइएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ४ जना प्रहरी निरीक्षक इन्सपेक्टर खटिनेछन् ।

जात्रा सुरक्षार्थ ३ सय जति सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । ४ प्रहरी निरीक्षकसहित १ सय ६० प्रहरी सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक महतले जानकारी दिए ।

सादा पोसाकका प्रहरी र ट्राफिक प्रहरी पनि खटिनेछन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा १ सय ४० जना सशस्त्र प्रहरी खटिने ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका प्रमुख एसपी देवराज जोशीले जानकारी दिनुभयो। जात्रालाइ मर्यादित बनाउन प्रहरीले शैल्यशिखर नगरपालिका वडा नम्बर ५ र ६ भित्र रहेका मदिरा पसलहरुमा आजदेखी दोहोरो चाबी लगाएको छ।

प्रहरीले ३ ठाउँमा होल्डिङ सेन्टर राख्नेभएको छ शैल्यशिखर नगरपालिकाको पनेबाज उल्लानी र बगौरामा त्यस्तै मालिकार्जुन प्रहरी चौकीमा नागरिक सहयता कक्ष राखिने भएको छ। चैतली चौराहा गेट बाट गाडी बाइक हरु भित्र पार्किङ गर्न नपाइने भएको छ। त्यस्तै कुनैपनी अप्रिय घटना नहोस भनी राती १२ बजे देखि बिहान ६ बजेसम्म सवारी साधन चलाउन नपाइने डिएसपी महतले जानकारी दिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.