गोकुलेश्वर। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परामादेशको स्वागत गर्दै दार्चुलाको गोकुलेश्वरमा बाजा गाजा बजाउंदै दिप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतले गरेको संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न जारी गरिएको परामादेशको स्वाग गर्दै नेपाल तरुण दल शैल्यशिखर नगर कार्यसमिति र कांग्रेस निकट नेविसंघले दिप प्रज्ज्वलन गरेका हुन् ।



हातहातमा दिप लिएर गोकुलेश्वरमा चारैतिर सहभागीहरूले दिप प्रज्वलन गरेका थिए। दिप प्रज्वलन कार्यक्रममा यस क्षेत्रका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।




