No.1 News Portal from Sudurpashchim Province
bajaj

इप्रका गोकुलेश्वर हाँकेका इन्सपेक्टर ऐरीको बिदाइ

गोकुलेश्वर ।इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीको बिदाई गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट सरुवा भई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तालिम शाखा रामशाहपथ,काठमाडौ जान लागेका प्रहरी निरीक्षक ऐरीको शनिबार एक भब्य कार्यक्रमका बीच सम्मानसहित फूलमाला र खादा लगाई बिदाई गरिएको हो ।

प्रहरी निरीक्षक ऐरीले आफू सरुवा भई जाँदा यहाँका स्थानीयलगायत सबैले आ-आफ्नो ठाउँबाट देखाएको आत्मियता स्मरणीय रहेको उल्लेख गरेका छ्न।

आफ्नो १४ महिनाको यहाको कार्यकालमा यस क्षेत्रको शान्ति सुरक्षालगायतका विषयमा यहाँका स्थानीयहरुले महत्वपूर्ण समन्वय गरेको प्रहरी निरीक्षक ऐरीले उल्लेख गरे ।

दिगो सुरक्षाको पक्षमा रहेर र एक मेहनति प्रहरी अधिकृतको रुपमा ऐरीले निकै उत्कृष्ट कार्य गरेका थिए ।

इप्रका गोकुलेश्वर प्रहरीको नेतृत्व सम्हालेर करिब १४ महिना सम्म प्रहरी निरीक्षक ऐरीले कुशल कार्य गरेको भन्दै सबैले प्रशंसा गरेका छन् । सो अवधिमा शान्ति सुरक्षा मजबुद भएकै कारण खासै अप्रिय घटना भने नभएको स्थानीयले भनाइ छ ।

कुशल नेतृत्वकर्ताको जहाँ, जहिले पनि सम्मान हुने बताउँदै प्रहरी निरीक्षक ऐरीले गोकुलेश्वरमा रहँदा गरेका कार्य स्मरणीय रहने स्थानीयले बताए । सो अवसरमा प्रहरी निरीक्षक ऐरीले एक वर्षसम्म गोकुलेश्वरमा रहँदा यहाँका स्थानीय ,जनप्रतिनिधि, संघसंस्थाका प्रमुख र जनताको साथ पाएको बताए ।

यस्तै उनले आफ्नो कार्यकालमा भएको तितामिठा कुराहरुलाई स्मरण गर्दै प्रहरीको कर्तव्य पालनको क्रममा भएका कार्यहरूबाट सेवाग्राहीहरुको मनमा ठेस पुगेको भए त्यसलाई आजै बिर्सिदिन आग्रह गरे ।

इप्रका गोकुलेश्वरको प्रमुखको जिम्मेवारी सम्हालेपछि ऐरीले इप्रका गोकुलेको कार्य क्षेत्रभित्र हुने गरेको लागुऔषध कारोवार, अवैध मदिरा कारोबार,अवैध काठ कटानी, चोरीतस्करीका साथै अपराधिक गतिविधी नियन्त्रणका लागि अपरेसन सन्चालन गरेका थिए ।

सो अपरेसन बमोजिम गोकुलेश्वर प्रहरीले रफतारमा काम गर्दै सो अपरेसन सफल पार्यो । लागू औषधविरुद्धको अभियान अन्त्य गर्न इन्सपेक्टर ऐरी रातदिन कम्मर कसेर लागि परे ।

लागूऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्न थाल्यो । लागूऔषध दुर्व्यसनमा युवाहरु बढी फसेको पाइएपछि प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरेर गोकुलेश्वरलाई लागूऔषध मुक्त बनाउन प्रहरी सकृय बनेको थियो ।

प्रहरी निरीक्षक ऐरीको सकृयतामा लागूऔषध कारोवार नियन्त्रण गर्न लागिरह्यो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक ऐरीलाई २०८१ ‘कार्तिक महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) अवार्डबाट सम्मानित गरेको थियो ।

यी काम गरेका थिए इन्सपेक्टर ऐरीले :

pm office

इस्पेक्टर ऐरीले गत गत कार्तिक २० गते मार्मा गाउँपालिका-३ बिटुले स्थित लोकेन्द्रसिंह महरले संचालन गरेको केदारनाथ फेन्सी तथा किराना पसलमा लुकाई छिपाई राखेको २ किलो ६ सय १० ग्राम लागु औषध (चरेश) बरामद गरी पसल संचालक लोकेन्द्र सिंह महरलाई पक्राउ गरेका थिए ।

तस्तै, गत कार्तिक २३ गते ९ सय मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित २ जना र असोज ६ गते २ सय १६ ग्राम लागु औषध (चरेश) सहित २ जनालाई पक्राउ गरी कानुनी कारवाही गरेका थिए ।

त्यसैगरी गत कार्तिक २५ गते लेकम गाउँपालिका- ५ स्थित जयपुर मेलामा खटिई शान्ती सुरक्षाको भरपुर व्यवस्था मिलाएका थिए भने, सो जात्रामा कुनै कुनै कसिमको अप्रिय घटना घट्न दिएका थिएनन् ।

त्यस्तै, गत कार्तिक २९ गते नेपालकै सातौ धामको रुपमा मानिने मालिकार्जुन जात्रामा खटिई शान्ती सुरक्षाको भरपुर व्यवस्था मिलाएका थिए भने गत कार्तिक ३० गते बिहान ४ बजे शैल्यशिखर नगरपालिका-६ बजानीमा भएको जिप दुर्घटनामा तत्काल खटिई उद्धार र ब्यवस्थापनमा उत्कृष्ठ कार्य गरेका थिए ।

उनले आफ्नो जिम्मेवार वडा एरियामा मजबुद तरिकाले शान्ति सुरक्षा कायम राखी आम जन समुदायमा प्रहरी प्रतिसकारात्मक भावना जोगाउन सफल देखाएको र उनले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च कदर गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुरस्कार सहित २०८१ ‘कार्तिक महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) अवार्डबाट सम्मानित गरेको थियो ।

त्यसैगरि,उनले सबै प्रहरी कर्मचारीहरुको मनोबल बढाउनको लागि प्रत्येक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाइ (BEST POLICE OF THE MONTH) अवार्डबाट सम्मानित गर्ने कार्यक्रमको सुरुवात गरे ।

त्यसैगरी उनले सार्वजनिक सवारी साधनका चालकहरुको मनोबल तथा बढाउनका निम्ति प्रत्येक महिना असल चालहरुलाइ सम्मानित गर्ने कार्यक्रमको सुरुवात गरे ।ट्राफिक नियम पालना गरि सवारी दुर्घटना न्यूनीकरणमा सघाएको तथा दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले चालकलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मानित गर्ने गरे ।

विभिन्न अस्पतालहरुको सहकार्यमा इप्रका गोकुलेश्वरमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको मार्सिक रुपमा स्वास्थ परिक्षण गर्ने गरे ।

ट्राफिक ब्यवस्थापनमा दैनिक रुपमा आफै चेकजाँचमा खटिएर दुर्घटना न्यूनीकरण गर्न थाले । शान्ति सुरक्षा ब्यवस्थापनपनमा कम्मर कसेर लागि परे,आम जनमानसमा प्रहरी प्रति विश्वास बढाउनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरे ।

साना देखि ठुला सम्म मिल्न सक्ने स्वच्छ छबि भएका ऐरीले गोकुलेश्वरको बसाई सम्म शान्ति सुरक्षा ब्यवस्थापन,ट्राफिक चेकजाँच,दुर्घटना न्यूनीकरण,लागूऔषध नियन्त्रण,चोरी डकैती नियन्त्रण लगायतमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

ऐरीले करीव १४ महिनाको सेवामा अपराध अनुसन्धान ,गैरकानुनी करोवार नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न अहम भुमिका खेलेका थिए ।

अपराध अनुसंधान तथा शान्ति सुरक्षामा स्थानिय जनमानसलाई छुट्टै अनुभुति दिएका थिए। उनले ग्रामीण भेगमा देखाएको आफ्नो कर्त्तव्य निष्ठाका कारणले गर्दा स्थानिय जनमानसमा प्रहरी प्रति माया र स्नेह बढेको छ ।

ऐरीले करिव १४ महिनाको कार्यकालमा उनले देखाएको कार्यशैली ग्रामिण भेगमा निकै प्रहरी प्रसंशाा दायक बनेको छ
अपराधी गतिविधि नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण आफु सफल भएको उनको भनाइ छ ।

उनले प्रहरी संगठनमा सरुवा हुनु र आउने जाने काम भईरहन्छ यो एउटा प्रक्रिया रहेको बताए । ‘यो अवधीमा स्थानीयहरुकै साथ, सहयोग तथा समन्वयका कारणले गर्दा यो ठाउँको शान्ति सुरक्षामा आफु खरो उत्रीन सकेको हु । ‘उनले भने ।

प्रहरी निरीक्षक ऐरीले सानो अवधीमै स्थानीयबासीसंगको सम्बन्धले यो ठाउँको आफुलाई सधै सम्झना रहने समेत बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.