
गोकुलेश्वर । कैलालीको धनगढीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका ७ मनेहरा बस्ने २० वर्षीय कनैया राना पक्राउ परेका छन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।



