No.1 News Portal from Sudurpashchim Province
bajaj

आज ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

गोकुलेश्वर । आज ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदैछ । महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ ।

pm office

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.