No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलाली कारागारका एक थुनुवाको मृत्यु

pm office

गोकुलेश्वर । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमवार दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ।

 

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले बताए। उनले मृत्युको कारण भने खुल्न नसकेको बताएका छन। मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.