No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिममा आज ओल्के पर्व मनाईंदै

गोकुलेश्वर । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज ओल्के पर्व मनाईंदै छ ।

 

pm office

यो पर्वलाई ‘सिंह संक्रान्ति’ पनि भनिन्छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आजको दिन मान्यजनलाई फलफूल, दूध, दही, कर्कलाको पात वा पिँडालुको कलिलो पात (गाभा) जस्ता वस्तु दिएर सम्मान गर्ने परम्परा छ ।
ओल्के पर्वमा हातमा मेहेन्दी लगाउने, मिठो खाने, इष्टमित्र आफन्तसँग भेटघाट गर्ने र छोरीचेलीलाई माइतीमा बोलाउने र परिकार खुवाउने चलन छ । संस्कृतिविद्का अनुसार बर्खामा रोगबाट जोगिएको खुसीयालीमा यो पर्व मनाइन्छ ।

कतिपय ठाउँमा कृषिऔजार, अन्नपात वा तरकारीलाई पनि ओल्कोको रूपमा दिने गरिन्छ । आज मन्दिरमा अन्न चढाउने, गाउँघरमा पिङ खेल्ने, देउडा, ठाडी भाका तथा लोकगीत गाउने चलन अझै छ । यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्व नेपालमा मात्र नभई भारतको कुमाउ र गढवाल क्षेत्रमा पनि मनाइन्छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.