No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको टिङ्कर खोलामा बाढी, ३ स्थानका पुल बगायो

गोकुलेश्वर । दार्चुलामा  टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ। पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ।

pm office

टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए। टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए ।

बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए। उनले भने, ‘टिङ्कर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ। क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन्।’ छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.