गोकुलेश्वर।इलाक प्रहरी कार्यालय गोकुलेश्वरले ३ जना सवारी चालकहरुलाई सम्मान गरेको छ ।
इप्रका गोकुलेश्वर र अस्थायी ट्राफिक पोस्ट गोकुलेश्वरको आयोजनामा मंगलबार (आज)शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा गरिएको कार्यक्रममा इप्रका गोकुलेका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीले ट्राफिक नियम पालना गरि सवारी दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै ३ जना सवारी चालकहरुलाइ सम्मान गरेका हुन ।
सम्मानित हुनेमा सु.प.प्र. -०१००१ज १५७६ काजिप चालक रामसिह कार्की, म १ त १२५० का ट्याक्टर चालक राजु राना र सु.प.प्र.०२-००१ह २३०० का अटो चालक देवेन्द्र पाल रहेका छ्न ।उनीहरुलाइ अविर, खादामाला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।सम्मानित भएका चालकहरुले खुसी व्यक्त गरेका छन् ।
चालकहरुले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले उनीहरुलाइ सम्मानित गरिएको प्रहरी निरीक्षक ऐरीको भनाइ छ ।

“अरु चालक जन्मिउन प्रेरणा मिलोस्, दुर्घटना नहुदा आर्थिक, मानवीय क्षति हुनबाट बच्छौं र सामाजिक पीडाबाट पनि जोगिन्छौं,’ चालक कार्कीले भने,‘प्रहरीको चेकिङमा कारबाहीमा पनि परिन्छ, यसरी प्रहरीकै हातबाट अविर,खादामाल र प्रमाणपत्रबाट सम्मानित भइन्छ भन्न्ने सन्देश हामीले पायौं ।यो हामीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो ।”
चालकहरुले आफूहरुलाई सम्मान गरेको भन्दै प्रहरी निरीक्षक ऐरी,अस्थायी ट्राफिक पोस्ट गोकुलेश्वरका ट्राफिकहरुप्रति आभार प्रकट गरेका छन ।
दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले चालकहरुलाइ सम्मान गरेको र अझै असल चालकलाई पुरस्कारसहित सम्मानित गर्ने प्रहरी निरीक्षक ऐरीले बताए ।
“सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउने र ट्राफिक नियम पालन गर्नेलाई हामीले सम्मान पनि गर्छौ भन्ने सन्देश पनि हो।” प्रहरी निरीक्षक ऐरीले भने ,“ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि छोडिन्न।”
सबै सवारी चालकहरुलाइ सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउन र ट्राफिक नियम पालन उनले आग्रह समेत गरेका छ्न ।



