No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरालाई

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधिका डडेल्धुराले जितेको छ । फाइनलमा कञ्चनपुरलाई ५ रनले पराजित गर्दै डडेल्धुराले उपाधि जितेको हो ।

 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा ८९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउनसक्यो । उसका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । डडेल्धुराले २९ रन अतिरिक्त दिएको थियो । डडेल्धुराका मनिषा खत्री र हिरा साउँदले २–२ तथा आशिका महरा, सञ्जु साउँद र निशा खठायतले १–१ विकेट लिइन् ।

 

pm office

त्यसअघि टस जितेर ब्याटिङ गरेको डडेल्धुरा १६.५ ओभरमा ८८ रनमा समेटिएको थियो । डडेल्धुराका लागि हिरा साउँदले २४ रनको अविजित पारि खेलिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३-३ तथा अर्चना चन्दले २ र गंगा खड्काले १ विकेट लिइन् ।

आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेता भएको डडेल्धुराले नगद दुई लाख तथा उपविजेता बनेको कञ्चनपुरले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने बैतडी र कैलालीले नगद ५०/५० हजार पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५/१५ हजार र उदीयमान खेलाडीलाई १० हजार नगद प्रदान गरिएको खड्काले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.