गोकुलेश्वर । चौलानी नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका –३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
रानाले सोमबार बिहान साढे ६ बजेतिर आफ्नै घर नजिकबाट चौलानी नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



