No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकम गाउँपालिकामा किशोरीसंग उपाध्यक्ष कार्यक्रम सम्पन्न

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिकामा किशोरीसंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।

pm office

लेकम गाउँपालिकाभित्रका १० वटै माध्यमिक विद्यालयबाट १०/१० जना गरि १०० जना किशोरीलाई बालविवाह नियन्त्रण सम्बन्धि अभिमुखीकरण र शैक्षिक सामग्री वितरण कार्य गरिएको लेकम गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अधिकृत छैटौं शेखरचन्द्र ओझाले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन लेकम-५ मा अवस्थित लटिनाथ मावि चौपातामा वडा नम्बर १ को बडिपुर मावि सर्मोली, लेकम-५ को लटिनाथ मावि चौपाता र ऐडिबाग मावि मैखोली र वडा नम्बर ६ को मालिकार्जुन मावि तेलिगाउँ गरी चार वटा विद्यालयका ४० जना किशोरीलाई अभिमुखीकरण र शैक्षिक वितरण गरिएको थियो । दोस्रो दिन लेकम गाउँपालिकाको केन्द्र रातामाटामा हुनैनाथ मावि रातामाटा, गल्लाकेदार मावि खरकडा र कृष्ण मावि लालीबाट छनोट भएका ३० जना विद्यार्थी तथा किशोरीलाई शैक्षिक सामग्री वितरण र अभिमुखीकरण गरिएको थियो । यस्तै तेस्रो दिन शनिबार हुनैनाथ मावि कुणीमा मावि धरमघर, कुणी र गाडागाउँका ३० जना विद्यार्थी किशोरीलाई अभिमुखीकरणसहित शैक्षिक सामग्री वितरण गरिएको महिला बालबालिका शाखा प्रमुख ओझाले बताए । तीन दिनसम्म चलेको कार्यक्रममा लेकमका १०० जना किशोरी विद्यार्थीलाई अभिमुखीकरण र शैक्षिक सामग्री वितरण गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.