No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको शैल्यशिखरले  सार्वजनिक गर्‍यो  ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट 

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

pm office

नगर प्रमुख विजय सिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट नगर उप–प्रमुख शान्ती खडायतले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये ३९ करोड ६५ लाख ८७ हजार ९ सय ४ रुपैयाँ चालु खर्चका लागि र २२ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर  बिष्टले जानकारी दिए  ।

राजस्व स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ८ करोड ३७ लाख रुपैयाँ सुदूरपश्चिम प्रदेश सरकारबाट ३ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै केन्द्रबाट राजस्व बाँडफाँटमार्फत १ करोड ६८ लाख रुपैयाँ सशर्त अनुदानतर्फ रुपैयाँ र प्रदेशबाट ७ करोड ६१ लाख ३७ हजार रुपैयाँ आउने अनुमान गरिएको छ।

संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित नगरपालिकाले आन्तरिक आम्दानी, अघिल्लो वर्षको मौज्दात रकमबाट गरी कुल ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट ल्याइएको बताइएको छ ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.