No.1 News Portal from Sudurpashchim Province
bajaj

डोटीमा जिप दुर्घटना , २ जनाको घटनास्थलमै मृत्यु

pm office

गोकुलेश्वर । डोटीको आदर्श गाउँपालिका –१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

मौवाबाट सायल गाउँपालिका तर्फ जान लागेको जिप करिब २५० मिटर तल खसेको  खड्काले बताए । जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् ।  तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेलधुरा पठाइएको खड्काले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.