गोकुलेश्वर । दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलवार (आज) विहान निसिलको थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि पाल गम्भिर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको भएपनी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए।
पाल केहि दिन अगाडी मात्रै बिदामा घर आएका थिए । प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेको बताइएको छ ।



