No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरका सात वटा वडालाई गर्‍यो विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

गोकुलेश्वर । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गएको वर्षको बाढीले महाकाली नदीमा भत्किएको बाँध निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्ती जोखिमका हिसाबले निकै संवेदनशील रहेकाले विपद् सङ्कटग्रस्त क्षेत्रको घोषणाका लागि गृह मन्त्रालयलाई सिफारिश गरेको थियो ।

pm office

जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिश बमोजिम मन्त्रिपरिषद्को बैठकले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भए पनि यो क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे माथिल्लो निकायबाट कुनै जानकारी नआएको बताउनुभयो ।
गएको वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले महाकाली नदीमा बनेको चार लेनको पुलसँगै निर्माण भइरहेको पोखरीको बाँध भत्काएको थियो । यो बाँधको भेरिएसन नहुँदा पुनर्निर्माण हुन सकेको छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.