No.1 News Portal from Sudurpashchim Province
bajaj

आज मनसुन केही कम सक्रिय : केही ठाउँमा वर्षा

गोकुलेश्वर। आज मनसुन केही कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा पानी परेको र कतै घाम लागेको छ । हिजो अस्तिको तुलनामा मनसुन केही कम सक्रिय भएका कारण कतै घाम लागेको र कतै पानी परेको मौसमविद्ले बताएका छन् ।

pm office

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेर मौसम सफा भए पनि दिउँसो भने फेरि बद्ली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताए। अहिले सुदूरपश्चिम प्रदेशको केही ठाउँ, गण्डकी र वाग्मती प्रदेशको धादिङ जिल्ला आसपासका केही ठाउँमा पानी परिरहेको छ ।

गएराति इलामको शोक्तिम चिया बगान क्षेत्रमा ठूलो पानी परेको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक र दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलि भने देशभर मौसम बद्ली भइ पानी पर्नेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.