गोकुलेश्वर। इलाक प्रहरी कार्यालय गोकुलेश्वरले ३ जना सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ ।
शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा गरिएको कार्यक्रममा इप्रका गोकुलेका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीले ट्राफिक नियम पालना गरि सवारी दुर्घटना न्यूनीकरणमा सघाएको भन्दै ३ जना सवारी चालकहरुलाइ सम्मान गरेका हुन ।
सम्मानित हुनेमा जिप चालक तेजसिह धामी, ट्याक्टर चालक नारायण राना र अटो चालक दिलीप बिक रहेका छ्न । उनीहरुलाइ अविर, खादामाला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।सम्मानित भएका चालकहरुले खुसी व्यक्त गरेका छन् ।
चालकहरुले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले उनीहरुलाइ सम्मानित गरिएको प्रहरी निरीक्षक ऐरीको भनाइ छ ।
‘प्रहरीको चेकिङमा कारबाहीमा पनि परिन्छ, यसरी प्रहरीकै हातबाट अविर,खादामाल र प्रमाणपत्रबाट सम्मानित भइन्छ भन्न्ने सन्देश हामीले पायौं ।” चालकहरुके भने, ‘यो हामीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो ।’
आफूहरुलाई सम्मान गरेको भन्दै प्रहरी निरीक्षक ऐरी,अस्थायी ट्राफिक पोस्ट गोकुलेश्वरका ट्राफिकहरुप्रति आभार प्रकट गरेका छन ।
‘दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज ३ जना चालकलाई सम्मान गरेका हौ ।’, प्रहरी निरीक्षक ऐरीले भने, ‘हामी अझै असल चालकलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मानित गर्नेछौं ।’
“सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउने र ट्राफिक नियम पालन गर्नेलाई हामीले सम्मान पनि गर्छौ भन्ने सन्देश पनि हो।”उनले भने ,“ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि छोडिन्न।”
सबै सवारी चालकहरुलाइ सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउन र ट्राफिक नियम पालन उनले आग्रह समेत गरेका छ्न ।