No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले दार्चुलाको लेकम गाउँपालिका-५ चौपातामा ‘ट्याक्टर बहस’ कार्यक्रम सम्पन्न गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नवप्रवर्तनिय कार्यक्रम ‘ट्याक्टर बहस’ अन्तगर्त आइतबार चौपातामा कार्यक्रम सम्पन्न गरिएको इप्रका गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीले बताए ।

ट्याक्टर दुर्घटना न्यूनिकण तथा क्षति रोकथामका लागि बहस कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।ट्याक्टर चालक, सवारीधनी र सरोकारवलाको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

‘सवारीसाधन कागजपत्र साथमै राखेर चलाउनुपर्छ ।’ प्रहरी निरीक्षक ऐरीले भने, ‘ट्याक्टरहरु यात्रुबाहक सावारी नभएको कारण यात्रुहरुलाई सवार नगराउनु। पछिल्लो समय पहाडी जिल्लामा सडक पहुँच पुगेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।समान ढुवानी गर्ने ट्याक्टरमा मान्छे बोक्नु हुन्न भन्ने सन्देश दिन र दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालन गरिएको हो ।”

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालन गरिएको हो ।

‘ट्याक्टरहरु कृषि कार्यमा मात्रै प्रयोग गर्न पाइन्छ, यात्रुहरुलाई बोक्न पाइदैन्,’ उनले भने,‘ट्याक्टरमा यात्रुहरुलाई बोक्दा क्षति पनि बढी हुन्छ।यो कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्छ ।’

यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिने गरिएको छ ।

अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न बहसमार्फत सचेत गराएको छ ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.