No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङमा एक महिलाको शव फेला

गोकुलेश्वर । बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला  परेको छ।

 

pm office

शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ। थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन्। परिवारजनले खोजतलास गर्दा आइतवार बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

घटनास्थलमा प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा विशेष अनुसन्धान टोलीसहितको प्रहरी टोली परिचालन गरिएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.