गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर –९ गोकुलेश्वरमा चौलानी सभ्यता समाजको आयोजनामा बैशाख १५ गते (भोलि )देखि रामलिला महायज्ञ लाग्ने भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर एयरर्पोटमा सञ्चालन हुने रामलिला महायज्ञको तयारी पूरा भएको चौलानी सभ्यता समाज एवं रामलिला आयोजक उपसमितिका अध्यक्ष पुर्ण बहादुर साउदले जानकारी दिए ।

उक्त कार्यक्रममा शास्त्री नारद प्रशाद बिष्टले प्रवचन दिने बताइएको छ । भोलि बेलुका एक कार्यक्रमका बिच रामलिला महायज्ञको औपचारिक उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।
बैशाख ३० गते सम्म लाग्ने महायज्ञको अवसरमा धार्मिक प्रवचन, रामायण वाचन, रामलिला नाटक, सांस्कृतिक प्रस्तुति लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने रामलिला आयोजक उपसमितिका अध्यक्ष पुर्ण बहादु्र साउँदले बताए ।
सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो ऐतिहासिक अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक समितिले अनुरोध गरेको छ ।
यस अघि २०७२ साल मङ्सिर महिनामा सोही ठाउँमा दर्पण ग्रुप तथा चौलानी मिडिया संचालित सस्था तेस्रो पुस्ता नेपालले रामलिला महायज्ञ आयोजना गरेको थियोे ।



