No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी

गोकुलेश्वर ।दार्चुलाको लटिनाथमा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन चेकिङलाई तीब्रता दिएको छ ।

दुर्घटना न्यूनीकरणका तथा यात्रु र चालकलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दे ट्राफिक प्रहरी र जनपद प्रहरीको समन्वयमा नियमित सवारी चेकजाचमा कडाइ गरिरहेको हो ।

pm office

सिट क्षमता भन्दा बढी यात्रु बोकेको, तोकिएको भाडा भन्दा बढी लिएको, तिव्र गतिमा सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सवारी चालक अनुमपति पत्र तथा सवारी धनी कागजपत्र साथमा नभएको,बिना हेलमेट मोटरसाइकल चलाउने, बिना नम्बर प्लेटको सवारी साधन र चालकहरुलाई नियन्त्रणमा लिइ प्रकृति हेरी कानुन बमोजिम कार्बाही गरिरहेको अस्थायी ट्राफिक पोस्ट लटिनाथ मार्माका ट्राफिक प्रहरी जवान सुरेश बिस्टले बताए ।

उनका अनुसार विभिन्न ट्राफिक नियम उल्लघन गर्ने सवारी साधनलाई कडाइका साथ चेकजाच गरी कार्वाही गरिरहेको छ ।सिट क्षमता भन्दा बढी यात्रु बोक्ने तथा नियम उल्लघन गर्ने सवारी साधनहरुलाइ कानुन बमोजिम कार्वाही गरिएको छ ।

त्यस्तै सिट क्षमता भन्दा बढी सिट जडान गरेका सवारीसाधनहरुका सिटहरु समेत निकालिएको छ ।

यस्तैगरि ट्राफिक प्रहरीले सवारी चालकहरुलाई ट्राफिक नियम तथा दुर्घटना नियन्त्रण सम्बन्धि प्रशिक्षण समेत गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.