गोकुलेश्वर । दार्चुलाको चौलानी नदि किनारमा एक पुरुषको वेवारिसे शव फेला परेको छ ।

बुधवार (आज) दिउँसो साढे ३ बजेतिर जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ खेताली स्थित चौलानी नदीको किनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिए ।
उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ । शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



