गोकुलेश्वर । चौलानी बोर्डिङको बसको ढोकाबाट खसेर एक जना शिक्षकको ज्यान गएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ चम्तडीमा विद्यालयकै बसको ढोकाबाट खस्दा उपचारका क्रममा शिक्षक विष्णु दत्त भट्टको गोकुलेश्वर अस्पतालमा ज्यान गएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर स्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ (कोपिन्डा) घर भएका २८ वर्षीय शिक्षक विष्णु दत्त भट्टको ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।



