No.1 News Portal from Sudurpashchim Province
bajaj

डोटीमा चट्याङ परी १ जनाको मृत्यु, ७ घाइते

गोकुलेश्वर । डोटीमा चट्याङ परी एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

pm office

गए राति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिने शंकर नागरी घाइते भएका छन्।

उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। सो चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.