गोकुलेश्वर। बिहीबार साँझ बर्षासंगै आएको हावाहुरीले दार्चुलाका विभिन्न स्थानहरुमा लगाइएको मकैबालीमा क्षती पुगाएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका,लेकम गाउँपालिका,मालिकार्जुन गाउँपालिका,मार्मा गाउँपालिका, नौगाड गाउँपालिका लगायतका अन्य ठाउँहरुमा समेत क्षती पु¥याएको छ ।
मकैबालीमा क्षती पुगेपछि स्थानियहरु निकै चिन्तित बनेका छन । मकैबाली तरकारी तथा अन्य अन्नबाली समेत नष्ट भएपछि उनीहरुलाई बर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ ।



