गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि विरोध प्रदर्शन गरेका हुन्।
प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि टायर बालेर प्रदर्शन गरेका हुन। उनीहरूले प्रदेश सभामा ढुङ्गा–मुडासमेत गरेका छन्।



