No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

pm office

गोकुलेश्वर । बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउ बस्ने ५१ वर्षीय पाल बिष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल १, बन्दुकमा लाग्ने गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारी उनलाई पक्राउ गरेको छ। उक्त हतियार र छालासहित बिष्टलाई नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.