गोकुलेश्वर । बैतडीको डिलासैनीमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ६ कुयादह, सोराडीका हरिश सिंह माल गयराती आफनै घरमा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देब बडूले बताए ।
माल गोकुलेश्वर स्थित एनएनवी लघुवित्त संस्थामा कार्यरत थिए । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको सूचना अधिकारी बडूले बताए ।



