No.1 News Portal from Sudurpashchim Province
bajaj

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

गोकुलेश्वर । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस।

वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ।

pm office

राष्ट्र संघको ६८ औं महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिबारे मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो। सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (सीआईटीईएस) अनुमोदन भएको थियो।

 

त्यसै वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी व्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औं राष्ट्रसङ्घीय सम्मेलन तथा सीआईटीईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति पेश  गरेको थियो।

राष्ट्रसङ्घका अनुसार सीआईटीईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ। सीआईटीईएसमा १८३ देश सदस्य छन्। दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि  आवश्यक परेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.