गोकुलेश्वर । दार्चुलामा नेपाली सेनामा कार्यरत एक जवानले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका २८ वर्षीय गौर सिंह महराले बिहिवार (हिजो) राती आफ्नै घरमा आगो लगाएका हुन् ।

ढुङ्गा र काठले बनेको कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए। आगो लगाउने व्यक्ति नेपाली सेनामा कार्यरत जवान हुन् । बिदामा घर आएको बेला आगो लगाएको बताइएको छ ।हाल उनको मानसिक अवस्था ठिक नरहेको स्थानीयले बताएका छन् ।
आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात लगायत गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।



