गोकुलेश्वर । हिउँदे बर्षाले दार्चुलाको गोकुलेश्वर मेला प्रभावित भएको छ ।

हिजो देखिको निरन्तर बर्षाले महाशिवरात्रीदेखि दार्चुलाको शैल्यशिखर ९ गोकुलेश्वर तथा बैतडीको डिलासैनीमा शुरु भएको धार्मिक एवम् ब्यापारीक मेला प्रभावित भएको हो ।
निरन्तर बर्षा हुदा जिल्लाको विभिन्न स्थानीय तह तथा जिल्ला बाहिरबाट आएका ब्यापारीहरु मर्कामा परेका छन् । करिब एक साता लाग्ने गोकुलेश्वर मेलामा स्थानीय उत्पादन तथा सामग्री बिक्री गर्न टाढाटाढाबाट ब्यापारीहरु आउने गर्छन् ।



