No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा असार मसान्त सम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

सवारी संचालनमा जोर विजोर हट्यो

गोकुलेश्वर। कोरोना संक्रमणको जोखिम कायमै रहेको ठहर गर्दै दार्चुला जिल्ला भरी जारी गरिएको निषेधाज्ञा असार मसान्त सम्म लम्ब्याउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

असार २१ गते देखी लागु हुने गरी जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आज बसेको बैठकले हाल सवारी संचालनमा लागु गरिएको जोर विजोर प्रणालीलाई हटाउदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्ला भित्र सवारी संचालन गर्न दिने निर्णय गरेको जनाइएको छ ।

pm office

जिल्ला बाहिर जानका लागी भने सवारी साधनहरुले अनिवार्य रुपमा जिल्ला प्रशासनबाट अनुमति लिनु पर्ने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले जानकारी दिए।

यस्तै बजार खुल्ने समयलाई एक घण्टा थप गरी विहान ६ बजे देखी दिउसो १ बजे सम्म कायम गरिएको छ । उक्त समयमा स्वास्थ्य सेवा, दुध डेरी, माछा मासुका पसलहरु, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक पसलहरु विहान ६ बजे देखी दिउसो १ बजे सम्म संचालन गर्न सकिनेछ ।

सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरु, सवारी चालक तथा सह चालकले अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने यदि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाइए कारबाही गर्ने निर्णय गरिएको छ ।

यसैगरी जिल्ला भित्रका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा उपचार गर्न आउने विरामीहरुको कोभिड रोग संग मेल खाने लक्षण देखिएमा अनिवार्य रुपमा एन्टिजेन परिक्षण गर्ने, कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकोले जन स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने -गराउने निर्णय गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.