No.1 News Portal from Sudurpashchim Province
bajaj

आज महाशिवरात्रि :दार्चुलाको गोकुलेश्वरस्थित जगतपुरी शिवधाममा चहलपहल 

pm office

गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरस्थित जगतपुरी शिवधामसहित महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । शिवरात्रीको अवसरमा दार्चुलाको गोकुलेश्वरस्थित जगतपुरी शिवधाम चौलानी नदि किनारमा बिहानैदेखि , स्नान गर्ने भक्तजनहरुको भिड लागेको छ । ऐतिहासिक गोकुलेश्वर मेला शुरु भएको स्थलको रुपमा मानिने जगतपुरी शिवधामलाई रङरोगनसहित सिँगारिएको छ ।

शिवरात्रिको दिन आज भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.