
गोकुलेश्वर । बझाङको बित्थडचिरमा भिरमा एक जना शिक्षकको शव फेला परेको छ।
बित्थडचिर गाउँपालिका ३ तल्ला गाउँ घरभै महादेव माविका शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको हो। उनको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको छ।



