No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रहरी हवल्दार  खडायतको भिरबाट लडेर मृत्यु

pm office

गोकुलेश्वर । बैतडीको डिलासैनी ३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार (हिजो) बेलूकी घरबाट कार्यालय फर्किने बेला बारिलमै भिरबाट लडेर गम्भिर घाइते भएका थिए । तत्काल उहाँलाई गोकुलेश्वर अस्पताल ल्याइएको भएपनी डाक्टरले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.