
गोकुलेश्वर । बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ५ कुलडाकी अन्दाजी २६ बर्षीया य चन्दा लुहार रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
सोमबार साझ बन्सेला जङ्गलमा लुहार झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



