गोकुलेश्वर । नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिका कमिटी अध्यक्षमा महेश राज जोशी चयन भएका छन । संगठनको तेस्रो गाउँपालिका अधिवेशन नयाँ कमिटी चयन गर्दै आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिका कमिटी अध्यक्ष चन्द्र देव भट्टको अध्यक्षता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नवराज आोझाको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, एमाले जिल्ला कमिटी उपाध्यक्ष एंव लेकम इन्चार्ज परमानन्द जोशी, शिक्षक संगठन लेकमका पूर्व अध्यक्ष केशव राज बिष्ट, नेकपा (एमाले) लेकम गाउँकमिटी सचिव पदम राज जोशी लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।
अधिवेसनबाट महेशराज जोशीको अध्यक्षतामा १६ सदस्यीय लेकम गाउँपालिका कार्यसमिति गठन गरिएको छ ।



