No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लटिनाथ मावि चौपाताको ७० औँ वार्षिक उत्सव सम्पन्न

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित लटिनाथ माध्यमिक विद्यालय चौपाताको ७० औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच विद्यालय प्रांगणमा ७० औँ वार्षिकोत्सब समारोह सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव लेकम गाउँपालिकाका पूर्व अध्यक्ष परमान्नद जोशीको अध्यक्षतामा सञ्लचान भएको समारोहमा लेकम गाउँपालिकाका अध्यक्ष राम दत्त जोशी प्रमुख अतिथि थिए ।

pm office

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवि जोशी, वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहरा लगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारी, सुरक्षा कर्मी, पत्रकार शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो ।

वार्षिकोत्सब समारोहमा विद्यालयका  प्रधानाध्यापक केशव राज विष्टले ५ करोड १३ लाख ७५ हजार ७ सय १९ रुपैया १ पैसा बराबरको आय व्यय विवरण प्रस्तुत गर्दै विद्यालय संग हाल ९२ लाख ७९ हजार १ सय ३० रुपैंया बचत रहेको बताए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.