No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीको डिलासैनी गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधी सेटिगाउँ माविलाई

गोकुलेश्वर । बैतडीको डिलासैनी गाउँपालिकामा सम्पन्न पाचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सेटिगाउँ माविले हात पारेको छ ।

pm office

माघ १२ गतेबाट वडा नम्बर ५ स्थित हरिनगर खेल मैदान गोकुलेश्वरमा शुरु भइ आज सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण सहित सेटिगाउँ माध्यमिक विद्यालय ककरपाखा प्रथम भएको हो ।

गाउँपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा १२ स्वर्ण पदक सहित दुर्गा माध्यमिक विद्यालय सिमार द्वितीय र ३ स्वर्ण पदक सहित मण्डेश्वरी माध्यमिक विद्यालय धावलाले तृतीय स्थान प्राप्त गरेको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.